नगरपालिका संघको अध्यक्षमा भीम प्रसाद ढुंगाना निर्वाचित

  • समाचार यात्रा
  • २ साल अघि
  • 742 जनाले पढ़िसके

काठमाडौं :  नेपाल नगरपालिका संघको अध्यक्षमा भीम प्रसाद ढुंगाना निर्वाचित भएका छन् । ढुंगाना धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख हुन् ।

काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत निवाचित गरेको हो ।

संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रतिकृया दिनुहोस्