‘आरआरआर’ को सिक्वेल बन्ने

  • समाचार यात्रा
  • १ साल अघि
  • 32 जनाले पढ़िसके

काठमाडौं :  जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् ।

राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो ।

‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ रु यसबारे उनले भनेकाछन्, ‘मेरा सबै फिल्मका लेखक मेरा बुबा हुन् । हामीले ‘आरआरआर २’ को बारेमा थोरै छलफल गरेका छौं र उनी अझै कथामा काम गरिरहेका छन् ।’

‘आरआरआर’ ले राम्रो व्यवसाय गरेपछि राजामौलीको जतिसक्दो चाँडो यसको सिक्वेल बनाउने सोच रहेको भारतीय मिडियाले जनाएका छन् । दर्शकको पनि रामचरण र जुनियर एनटीआरलाई फेरि एकसाथ पर्दामा हेर्ने चाहना छ । यस्तो अवस्थामा फिल्मको दोस्रो पार्ट बन्यो, भने फ्यानका लागि खुसीको विषय हुनेछ । दैनिक भास्कर

प्रतिकृया दिनुहोस्