डुंगा पल्टिदा तीन जनाको मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 31 जनाले पढ़िसके

काठमाडौ : नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगापल्टिदा तीन जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्