लागु औषधसहित २ युवक पक्राउ

  • समाचार यात्रा
  • १ साल अघि
  • 129 जनाले पढ़िसके

तनहुँ : तनहुँको आँबुखैरेनीबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी–३ घर भएका २८ वर्षका सिजनप्रसाद अधिकारी र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २२ वर्षीय नरबहादुर थापा छन् ।

मुग्लिङबाट आँबुखैरेनी तर्फ पैदल आएका सिजनको साथबाट प्रहरीले नुफ्रिन १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १९ एम्पुल बरामद गरेको छ । त्यस्तै सुनौलीबाट पोखरा आउँदै गरेको ग २ ख ९९५ नम्बरको बसमा सवार नरबहादुरको साथबाट नुफ्रिन ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र डाइजेपाम ६९ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आरोपीहरुमाथि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्