दुई सातामा प्रेमगीत ३’ ले कमायो २५ करोड ७१ लाख

  • समाचार यात्रा
  • १ साल अघि
  • 98 जनाले पढ़िसके

काठमाडौ : सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘प्रेमगीत ३’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ।

निर्माता सेनका अनुसार फिल्मले दुई सातामा विश्वव्यापी रुपमा २५ करोड ७१ लाख रुपैयाँ कमाइ गरेको छ।

फिल्मले दुई सातामा नेपालमा ११ करोड ८१ लाख रुपैयाँ कमाएको जनाइएको छ। आइतबार सेनले आफ्नो फेसबुकमार्फत फिल्मको कमाइ सार्वजनिक गरेका हुन्।

फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख कमाएको छ भने दोस्रो साता ३ करोड ८५ लाख कमाएको हो। यो कमाइ नेपाली र हिन्दी दुवै संस्करणको हो।

यो फिल्मले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ।

फिल्मले दोस्रो साता शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार ४० लाख र शुक्रबार ८२ लाख कमाइ गरेको छ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

प्रतिकृया दिनुहोस्