९ लाख नक्कली नेपाली नोटसहित ३ जना पक्राउ

  • समाचार यात्रा
  • १ साल अघि
  • 24 जनाले पढ़िसके

बारा :  बाराको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका ५, कनकपुरमा ९ लाख नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा मोतिहारी पूर्व चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ वर्षिय रञ्जितकुमार मुखियाले कम्मरको पेटीमा १ लाख र उनी चढेको भारतीय नम्बरको मोटरसाइकलमा ८ लाख रुपैयाँ लुकाई राखेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो ।

पक्राउ परेका रञ्जितकुमारसँगको बयानका आधारमा सिम्रौनगढ नगरपालिका २ बस्ने बिनाका मुखिया बिन र कलैया उपमहानगर १५ बस्ने सैनुल्लाह अन्सारीलाई पनि पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका बिनाका बिन मुखिया र अन्सारी भने १ वर्ष अघि नक्कली नोट कारोबारमा छुटेको बारा प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्