सल्यानमा जीप दुर्घटना, ८ जनाको मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 130 जनाले पढ़िसके

सल्यान : सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिकृया दिनुहोस्