ब्राउन सुगरसहित २ जना पक्राउ

  • समाचार यात्रा
  • १ साल अघि
  • 39 जनाले पढ़िसके

धनुषा : धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मण्डलले लगाएको हेलमेटबाट १६.८५ ग्राम ब्राउन सुगर बरामद भएको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्