- समाचार यात्रा
- २ साल अघि
- 173 जनाले पढ़िसके

धादिङ : केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.ले १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साविकको केवलपुरमा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा गरेको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष अप्सरा अधिकारीले प्रस्तुत गरेकी छिन् ।
वि.स २०५८ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ४ लाख रहेको छ । निक्षेप रकम ७ करोड ४४ लाख, जम्मा कोष ४ करोड २१ लाख, आन्तरीक श्रोत १२ करोड,ऋण लगानी २१ करोड ४१ लाख, सावा असूली १७ करोड ७४ लाख व्याज असूली २ करोड ७२ लाख र कुल ल र र २४ करोड ७ लाख रहेको सहकारीका व्यवस्थापक सुरेश कोईरालाले जानकारी दिए ।
संस्थामा अहिले २०१ वटा समुह तथा ११४४ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरिएको थियो ।