कर्मठ महिला सहकारीलाई राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार

  • समाचार यात्रा
  • १ साल अघि
  • 51 जनाले पढ़िसके

काठमाडौँ : लमही नगरपालिका–९ रिहारमा स्थापना भएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ लाख रुपैयाँको राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको छ । साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समूह बनाएर काम सुरु गरिएको थियो ।

बि.स.२०७० कार्तिक १४ गते यो संस्था सहकारीमा दर्ता भएको थियो । हेफर इन्टरनेशनल नेपालले नगद ३ लाख राशीसहित उत्कृष्ट सहकारीका रूपमा बिहीबार रुपन्देहीको लुम्बिनीमा राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । पुरस्कार हेफर इनटरनेशनल नेपालले सहकारी संस्थाका अध्यक्ष देवीमाया थापालाई प्रदान गरेको हो ।

हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा २०६८ सालदेखि सुरु भएको साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तर्गत समूह गठन गरेर सहकारी बनेको थियो । यो संस्थाले महिलाहरूलाई उद्यमशीलतामा जोड्ने काम गर्दै आएको छ । समूह हुँदै सहकारी स्थापनादेखि हालसम्म सहकारीमा एक हजार ३ सय ३५ बढी महिलाहरू आबद्ध भएका छन् ।

सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्य र पूर्वमन्त्री गोकर्ण बिस्टको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा हेफर इन्टरनेसनल अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा महेन्द्रनाथ लोहनी र लेखा अधिकृत मार्सिया रेस्फुसेनलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्