अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो

  • समाचार यात्रा
  • १ साल अघि
  • 38 जनाले पढ़िसके

धादिङ : अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ। यस्तै छ जना बेपत्ता छन्।

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ। हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ।

प्रशासन कार्यालयकाअनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए।

प्रतिकृया दिनुहोस्