धादिङमा ६ मतदानस्थल थप, ६ परिवर्तन र एउटा खारेज गर्न सिफारिस

  • समाचार यात्रा
  • १ साल अघि
  • 267 जनाले पढ़िसके

धादिङ : धादिङमा जिल्लामा ६ वटा मतदानस्थल थप, ६ वटा परिवर्तन र १ वटा खारेज गर्न आयोगलाई सिफारिस गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङले रुविभ्याली गाउँपालिका वडा नं १ को वडा कार्यालय लब्दुङ, रुविभ्याली –१ लाप्साङ कर्पो आधारभूत विद्यालय, पुरु, वडा न. ४ को हिन्दुङ आधारभूत विद्यालय, वडा नं ५ को नेबेर आधारभूत विद्यालय, वडा न ५ को तिम्ला आधारभूत विद्यालय, कपुरगाउँ, वडा न ५ कै तिङचेत आधारभूत विद्यालयमा मतदान केन्द्र थप गर्न आयोगलाई सिफारिस पठाएको छ ।

त्यस्तै कार्यालयले ६ वटा मतदान स्थलको स्थान परिवर्तन गरेको छ । गजुरी गाउँपालिका कन्या प्राविबाट वडा नं २ को वडा कार्यालय, अमिलटार, ज्वालामुखी गाउँपालिका साविक वडा कार्यालय भवन, रानाचौतारा बाट रत्न ज्योती आधारभूत विद्यालय, धुनीबेसी नगरपालिका रमाइलो चौर बाट वडा नं ३ को वडा कार्यालयमा परिवर्तन गर्न सिफारिस छ ।

नीलकण्ठ नगरपालिका रत्नदेबी आधारभूत विद्यालयबाट रामकोट माध्यमिक विद्यालय, ठाडोखोरिया, नेत्राबती डबजोङ गाउँपालिका ताङजोमाने (खुल्लाचौर) बाट नागरिक आरोग्य केन्द्र, बेनिबाट रोराङ गाउँपालिका कालिका आधारभूत विद्यालय, मोहरियाबाट हर्कपुर माध्यमिक विद्यालय, गोदाममा स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ ।

निर्वाचन कार्यालयले जिल्लाको रुविभ्याली वडा नं १ को जुम्लाप्दुङ खेलमैदानलाई खारेज गर्न सिफारिस गरेको छ । खुल्ला मैदान र अपायक भएकाले खारेज गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदान केन्द्र टाढा भएका ठाउँहरुमा थप गर्न, अपायक ठाउँमा परिवर्तन र खारेज समेत गर्न सिफारिस पठाएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्