धुनीबेसी नगरपालिकालाई गैरआवसीय नेपाली संघद्धारा एम्बुलेन्स सहयोग

  • समाचार यात्रा
  • १ साल अघि
  • 46 जनाले पढ़िसके

धादिङ : धादिङको धुनीबेसी नगरपालिकालाई गैरआवासीय नेपाली संघले एम्बुलेन्स सहयोग गरेको छ । नगरपालिकालाई ख वर्गको एम्वुलेन्स प्रदान गरिएको हो । संघका पूर्व अध्यक्ष एवं सिन्तोसिन रोटरी क्लव अफ टोकियाका रोटरियन भवन भट्टले एक समारोह वीच नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

आफ्नो अघिल्लो कार्यकालमा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सिलसिलामा जापान जाने क्रममा गैरआवासीय नेपालीहरुस“गको भेटले नगरपालिकालाई एम्बुलेन्स दिलाउन सफल भएको मेयर आचार्यले बताए । मेयर आचार्य भन्छन्, ‘उपहारका रुपमा एम्बुलेन्स पठाउने प्रस्ताव गरेको थिए, प्रक्रियाले ढिलै भएपनि नगरबासीको सेवा दिन पाएका छौ ।’ एम्वुलेन्सको लागत १९ लाख ५८ हजार आठ सय १२ रुपैया परेको जानकारी दिए ।

हाल नगरपालिकामा तीन वटा एम्वुलेन्सले नगरवासीलाई निशुल्क सेवा दिइरहेको र एमविएस डाक्टर मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको नगर प्रमुख आर्चायले बताए । धुनीबेसीमा १५ वेडको अस्पताल सञ्चालनका लागि ३८ कोठा भवन निर्माण कार्य जारी रहेको छ । सवै वडामा आधारभुत स्वास्थ्य संस्था मार्फत सेवा प्रवाह गरिरेहको छ ।

धादिङ समाज जापानको समन्वयमा सिन्तोसिन रोटरी क्लव अफ टोकियो र गैरआवासीय नेपाली संघले उपहारस्वरुप एम्बुलेन्स प्रदान गरिएको पूर्व अध्यक्ष भट्टले बताए ।

प्रतिकृया दिनुहोस्