चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना

  • समाचार यात्रा
  • १ साल अघि
  • 57 जनाले पढ़िसके

स्मार्टफोनलगायत संसारको इलेक्ट्रोनिक्स बजार सामान उत्पादनका लागि चीनमा अत्यधिक निर्भर छ । त्यसैले जब चीनमा केही घटना हुन्छ, त्यसको असर विश्वभरको बजारमा पर्दछ ।

चीनले तिव्र दरमा बढिरहेको तापक्रमका कारण एक महत्वपूर्ण निर्णय लिएको छ, जसको सिधा असर प्रविधि तथा इलेक्ट्रोनिक कम्पनीमा पर्नेछ ।

समाचार अनुसार अत्यधिक गर्मीका कारण भैरहेको लोडसेडिङका कारण सिचुआन प्रान्तका विभिन्न प्रमुख कम्पनीहरु बन्द गर्नु परेको छ । चीनले सिचुआन प्रान्तमा विभिन्न ठूला कम्पनीहरु ६ दिनका लागि बन्द गरिएको छ । चीनले सिचुआनमा रहेका कारखानाहरु २० अगष्ट सम्म बन्द गर्न आदेश दिएको छ ।

त्यसरी बन्द गरिएका कम्पनीको सूचिमा संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कारको ब्याट्री निर्माता कम्पनी ऋयलतझउयचबचथ ब्mउभचभह त्भअजलययिनथ ऋय। ीष्mष्तभम पनि रहेको छ ।

त्यसको प्रत्यक्ष असर टेस्ला गाडीका लागि ब्याट्री बनाउने  एप्पलका पाटपुर्जा बनाउने फक्सकन, टोयोटा, टेक्सास इन्स्ट्रुमेन्ट, फक्सवागन, अनसेमी लगायतका विभिन्न कम्पनीहरुमा परेको छ ।

चीनमा हाल ६० वर्ष यताकै सबैभन्दा विषम हिटवेभ अर्थात् तातो हावाको लहर चलिरहेको छ । जसका कारण विभिन्न सहरमा तापक्रम ४० डिग्री भनदा माथि पुगेको छ । गर्मी अत्यधिक बढेकाले एयर कन्डिसनरको प्रयोग बढ्दा विजुलीको आपूर्ति प्रभावित भइरहेको छ ।

अधिकारीहरुका अनुसार कारखानाहरु बन्द गरेर त्यस इलाकामा बस्ने मानिसहरुका लागि बिजुली बचाउने कोशिस भइरहेको छ । उक्त क्षेत्र धेरै हदसम्म जलविद्युतमा निर्भर छ र गर्मी बढेसँगै नदीहरुमा पानी कम हुँदा जलविद्युत उत्पादनमा समेत समस्या भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्